Online Bichar
बिहिबार, आश्विन २२, २०८३ | Thursday, October 8, 2026

काठमाडौं, २२ असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि बिहीबार हुने भनिएको मतदान नहुने भएको छ ।

२९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ८०० भन्दा बढी उमेदवार मैदानमा छन् । सहमतिको प्रयास थालिएको र मतदान प्रक्रिया तत्काल अघि नबढ्ने भएको हो ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदानको विषयमा छलफल भइरहेको बताए ।

मतदानका लागि लाइनमा बसेका महाधिवेशन प्रतिनिधिलाई पनि बिहीबार मतदान नहुनेबारे निर्वाचन समितिले जानकारी गराइसकेको छ । यसअघि बिहीबार बिहान १० बजेबाट मतदान गर्ने कार्यतालिका थियो । तर, तयारी पूरा नभएको भन्दै मतदानको समय पटक–पटक सारिएको थियो ।

सुरुमा बिहान ७ बजेका लागि तोकिएको मतदानको समय त्यसपछि १० बजे तोकियो । त्यसपछि दिउँसो १ बजे हुँदै २ बजेका लागि सारिएको थियो ।

अब मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया