काठमाडौं, १३ असोज २०८३ । असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवको नारायणगढ नजिकको नदी किनारमा ठूलो क्षति पुगेको छ। बाढीका कारण पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको नारायणी नदीको किनार पूर्णरूपमा क्षति भएको छ।
साँझपख मानिसको निकै चहलपहल हुने नारायणी नदीको किनार बाढीले बगरमा परिणत गरेको छ। बाढीले नारायणगढको लिलाचोक तलदेखि पुलचोकसम्म क्षति गरेको छ। असोज ११ गते नारायणी नदीमा पानीको बहाव हालसम्मकै उच्च ११ दशमलव ९ मिटर पुगेको जलमापन केन्द्रले जनाएको छ। हालसम्म यति धेरै पानी नारायणी नदीमा नदेखेको २०१९ साल देखि नारायणगढमा बसोबास गर्दै आएका स्थानीय प्रभात कुमार जोशीले बताए।
नारायणी नदी किनारको यो अबस्था प्रकृतिमाथिको खेलवाड र मानिसले हारेको नजिता भएको जोशीको भनाइ छ। नारायणी नदी किनार विकासको नाममा धेरै खर्च भएपनि आगामी दिनमा विकास निर्माणको काम गर्दा दिर्घकालीन सोचका साथ अघि बढाउनुपर्ने स्थानीयहरुले बताएका छन्।






