मेचीनगर, १२ असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी निर्वाचित भएका छन् ।
बुढाथोकी ४१४ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुवेशकुमार पनेरुले २०१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, क्षेत्रीय सचिवमा दिपक काफ्ले २९९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी सुन्दर बस्नेतले १९९ मत प्राप्त गरे ।सहसचिव पदमा चन्दन गौतम २४८ मत प्राप्त गरी निर्वाचित भएका छन् । सहसचिवका अन्य उम्मेदवार कृष्ण पौडेलले १५०, लावण्य पोखरेलले ११६ र यमकान्त पौडेलले ६७ मत प्राप्त गरेका छन् ।






