Online Bichar
शुक्रबार, आश्विन ०९, २०८३ | Friday, September 25, 2026

काठमाडौं, ८ असोज २०८३ । ताप्लेजुङमा आगलागी भएको छ । बिहीबार (असोज ८)  दिउँसो ताप्लेजुङको दोभान बजारमा आगलागी भएको हो ।

पुरानो बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको कोसी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी शेखर खनालले जानकारी दिए ।

आगलागीबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन । तर, पाँच घर जलेको डीआईजी खनालले बताए ।

प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले आगो निभाउने प्रयास जारी राखेका छन् ।

 

तपाईको प्रतिक्रिया