Online Bichar
शुक्रबार, आश्विन ०२, २०८३ | Friday, September 18, 2026

काठमाडौं, २ असोज २०८३ । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूसँग अन्तरक्रिया सुरु गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजी उमेर समूहका सांसदहरूसँग प्रधानमन्त्री बालेनले विशेष अन्तरक्रिया सुरु गरेका हुन् ।

बैठकमा नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा एवं वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया