Online Bichar
शुक्रबार, आश्विन ०२, २०८३ | Friday, September 18, 2026

गौरादह, १ असोज २०८३ । विश्वकर्मा पूजाको शुभ अवसरमा झापाको गौरीगञ्ज–गौरादह–दमक हुँदै काठमाडौं सम्म सञ्चालन हुने सुविधासम्पन्न सिम्रिक एयर बस (एसी) को पूजा–आराधना सम्पन्न गरिएको छ। बस भोलिदेखि नियमित रात्रीकालीन सेवामा सञ्चालनमा आउने सिम्रिक यातायात प्रा.लि.ले जनाएको छ।

सिम्रिक यातायात प्रा.लि.का अध्यक्ष कुमार पाण्डे का अनुसार पूर्वी झापाका यात्रुलाई सुरक्षित, सहज र आरामदायी यात्रा उपलब्ध गराउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो।

गौरादह इन्चार्ज इन्द्रमणि गौतमले बस दैनिक राति गौरादह–गौरीगञ्जबाट काठमाडौंका लागि छुट्ने जानकारी दिए। बसमा पूर्ण एसी, निःशुल्क वाइफाइ, आरामदायी सोफा सिट, मोबाइल चार्जिङ पोर्ट, पिउने पानी, प्रशस्त लगेज स्पेस तथा अनुभवी चालक–सहचालकमार्फत सुरक्षित यात्रा को सुविधा उपलब्ध रहेको उनले बताए।

नियमित रात्रीकालीन सेवा सञ्चालनसँगै गौरादह, गौरीगञ्ज र दमक क्षेत्रका यात्रुलाई काठमाडौं आवतजावतमा थप सहज हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया