Online Bichar
आइतबार, आश्विन २५, २०८३ | Sunday, October 11, 2026

झापा, ३० भदौ २०८३ । नेपालमा लागूऔषध सप्लाई गर्ने तस्करहरुसंग साँठगाँठ भएका गलगलिया थानाका थानाध्यक्ष निलम्बित भएका छन् । किशनगञ्जका प्रहरी अधीक्षकले गलगलिया थानाध्यक्षलाई निलम्बन गरेका हुन् ।

गलगलियाका प्रहरी उपनिरीक्षक राकेश कुमारलाई शंकास्पद आचरण, अनुशासनहीनता, कर्तव्य पालनामा लापरवाही, मनोमानी र वरिष्ठ अधिकारीहरूको आदेश उल्लङ्घनको आरोपमा निलम्बन गरिएको हो ।

किशनगञ्जका प्रहरी अधीक्षक सन्तोष कुमारले लागूऔषध ओसारपसार र यससँग सम्बन्धित अपराधीविरुद्ध निरन्तर गहन अभियान चलाइरहेका छन् । यसै क्रममा, तीन दिनअघि गलगलिया थानाका इन्चार्ज उप–निरीक्षक राकेश कुमारले गलगलिया क्षेत्रमा अवैध लागूऔषधविरुद्ध छापा मार्ने क्रममा शंकास्पद व्यवहार गरेका थिए ।

त्यस सम्बन्धमा, उप–विभागीय प्रहरी अधिकारी किशनगंजद्वारा अनुसन्धान गरिएको थियो। उप–विभागीय प्रहरी अधिकारीद्वारा पेश गरिएको प्रारम्भिक अनुसन्धान प्रतिवेदनको आधारमा किशनगंजका प्रहरी अधीक्षकले शंकास्पद आचरण, अनुशासनहीनता, कर्तव्य पालनामा लापरवाही, मनोमानी र वरिष्ठ अधिकारीको आदेशको उल्लंघनको आरोपमा गलगलियाका थानाध्यक्ष उप–निरीक्षक राकेश कुमारलाई तत्काल निलम्बन गरेका हुन् ।

किशनगञ्ज प्रहरीले कर्तव्य पालनामा कुनै पनि प्रकारको लापरवाही, अनियमितता वा भ्रष्ट व्यवहारप्रति ‘शून्य सहनशीलता’ नीति अपनाएको र दोषी पाइएमा कुनै पनि अधिकारीरकर्मचारीविरुद्ध कडा कारबाही गरिने स्पष्ट पारेको छ। दुई वर्षअघि पनि गलगलियाका थानाध्यक्ष राहुल कुमार निलम्बित भएका थिए ।

 

तपाईको प्रतिक्रिया