Online Bichar
आइतबार, आश्विन २५, २०८३ | Sunday, October 11, 2026

काठमाडौं, २७ भदौ २०८३ । वरिष्ठ पत्रकार युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासमा समस्या भई आज (भदौ २७) बिहान बलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपालको अस्पतालमा उनलाई बेहोस अवस्थामा उपचारका निम्ति लगिएको थियो । गौतमको स्वास्थ्य परीक्षण गर्दा मुटुको चाल बन्द भएपछि निधन भएको अस्पतालका चिकित्सक डा। दिवाकार सिंह थापाले जानकारी दिए ।

इलाममा सन् १९६० मा जन्मिएका लेखक समेत रहेका गौतम गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक पनि थिए । उनको अन्त्येष्टि आइतबार (भदौ २८) गरिने जनाइएको छ । रासस

तपाईको प्रतिक्रिया