Online Bichar
सोमबार, भाद्र २२, २०८३ | Monday, September 7, 2026

काठमाडौँ, २२ भदौ २०८३ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन गरिएको छ।

नेपाल विद्युत प्राधिकरणमा र वसन्तपुर दरबार स्क्वायरमा दीप प्रज्वलन गर्दै उनीहरूको स्मरण गरिएको हो। त्यस्तै बाढीमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता भएकाको अवस्था छिटो पत्ता लागोस् कामना पनि गरिएको छ।

त्यस्तै आज पशुपतिनाथ मन्दिरमा पनि दीप प्रज्वलन गरिएको छ। त्यस्तै देशका धेरै ठाउँमा आज दीप प्रज्वलन गरिएको छ। सरकारले पनि आज राष्ट्रिय शोक घोषणा गरेको थियो।

रसुवा बाढीमा परेर अहिलेसम्म १३५६ जनाको निधन पुष्टि भइसकेको छ। करिब ५ हजार हाराहारी अझै सम्पर्कविहीन छन्।अनलाइनखबरबाट

 

 

तपाईको प्रतिक्रिया