Online Bichar
सोमबार, भाद्र २२, २०८३ | Monday, September 7, 2026

झापा, २२ भदौ २०८३ । लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडका एकजना युवक पक्राउ परेका छन् । हिजो दिउँसो ४ः१० बजे भद्रपुर –३ स्थित झोलुङ्गे पुल इलाकामा सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. महेशपुरबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार गोविन्दप्रसाद न्यौपानेको कमाण्डमा खटिएको ७ जनाको चेकप्वाइन्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रुहरूलाई चेकजाँच गर्ने क्रममा विर्तामोड-९ लखीवारी बस्ने १९ वर्षीय जनक माझीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा माझीको साथबाट १६ ग्राम ब्राउन सुगर, नेपाली नगद ७१० तथा १ थान नेपाली नागरिकता प्रमाणपत्र फेला परेको थियो । उनलाई लागूऔषध तथा सामानसहित नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं। २ गण हे।क्वा। झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाईलीले जानकारी दिएका छन् ।

साथै आज बिहान ८ः३० बजे गौरीगंज-५ देबीगन्ज सीमा इलाकामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. गौरीगंजबाट खटिएको ७ जनाको गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ४० हजार मूल्य बराबरको किराना सामान बरामद गरेको छ । ती सामान भन्सार बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक रसाईलीले बताए ।

 

तपाईको प्रतिक्रिया