Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

काठमाडौं, ६ भदौ २०८३ । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा-बुबासँग गृहमन्त्री सुधन गुरुङले वार्ता थालेका छन् । उनीहरूबीच सिंहदरबारमा वार्ता भइरहेको मन्त्री गुरुङका स्वकीय सचिव जेम्स कार्कीले जानकारी दिए ।

”उहाँहरूलाई वार्ताका लागि सिमराबाट बोलाइएको थियो । अहिले गृहमन्त्रीले वार्ता गरिरहनुभएको छ,” कार्कीले भने ।

गरिमाका आमा-बुवालाई स्थानीय अभियन्ताहरूसँगै इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्णले भट्टले विमानबाट काठमाडौं पठाएका थिए ।

अपरान्ह पाँच बजे उनीहरूलाई सिमराबाट काठमाडौं पठाइएको थियो । गृहमन्त्रीको आग्रहमा उनीहरूलाई काठमाडौं पठाइएको डीएसपी भट्टले बताए ।

 

तपाईको प्रतिक्रिया