Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

झापा, ६ भदौ २०८३ । झापा गाउँपालिकाको ५ नम्बर वडा कार्यालयमा गएराति चोरी भएको छ । पछाडिपट्टि रहेको झ्याल भत्काएर कार्यालयमा रहेका ल्यापटपलगायतका सामान र विभिन्न कागजपत्र चोरी भएको हो । घटनाको जानकारी पाएर प्रहरी चौकी पन्थापाराबाट प्रहरी सहायक निरीक्षक तीर्थ भण्डारीको टोली पुगेको छ ।

वडा कार्यालयमा रहेका विभिन्न सामानहरू चोरी भएको बताउँदै वडाध्यक्ष कृष्णप्रसाद राजवंशीले चोरिएका सामानहरूको विवरण निकाल्ने काम भइरहेको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया