Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

काठमाडौं, ५ भदौ २०८३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका बंगलादेशी नागरिकको पेटभित्रबाट पाँच दिनपछि सुनजस्तो देखिने धातु निकालिएको छ ।

दुबईदेखी काठमाडौं आएका ३५ वर्षका मोहम्मद रेसले हदलदरको पेटमा एक्सरे गर्दा सुनजस्तो धातु भेटिएको थियो । साउन ३१ गते चेकजाँचका क्रममा उक्त वस्तु फेला परेको विमानस्थलले जनाएको छ । उनले १५० ग्रामको सुन लुकाई ल्याएको स्वीकार गरेपछि काठमाडौं मेडिकल कलेज सिनांमगलमा पेल्भिक एक्सरे गरिएको थियो ।

एक्सरेबाट पेटभित्र सुनजस्तो धातु अड्किएको पाइएको थियो । तत्काल शौच गराउँदा उक्त वस्तु ननिस्किएपछि उनलाई कानुनी रित पुर्‍याएर अस्पताल भर्ना गरिएको थियो । पाँच दिनपछि शौच गराउँदा उक्त धातु निस्किएको विमानस्थलले जनाएको छ ।

हलदरलाई प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया