Online Bichar
बिहिबार, साउन २१, २०८३ | Thursday, August 6, 2026

काठमाडौं, २० साउन २०८३ । रासायनिक मल तस्करीको आरोपमा एक महिनाभन्दा बढी समयदेखि भारतीय जेलमा रहेका सर्लाहीका दुई दाजुभाइ रिहा भएका छन् । उनीहरूलाई भारतको बिहार राज्यस्थित सीतामढी जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

डुमरा जिल्ला अदालतका सहयोगी विशेष न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले बुधबार सर्लाहीको बलरा नगरपालिका–५ निवासी ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गत जुलाई १ मा उनीहरूलाई सीमावर्ती भारतीय सहर सोनवर्षाबाट दुई बोरा युरिया र ६ बोरा डीएपी मल लिएर नेपाल फर्किने क्रममा भारतको सशस्त्र सीमा बल र कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

उनीहरूले उक्त मल आफ्नै खेतमा प्रयोग गर्नका लागि ल्याएको बताएका थिए ।

 

तपाईको प्रतिक्रिया