Online Bichar
मंगलबार, साउन १९, २०८३ | Tuesday, August 4, 2026

काठमाडौं, १८ साउन २०८३ । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार भट्टराईलाई पक्राउ गरेको हो । उनीविरुद्ध राहदानी ऐनको कसुरमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर राणाले जानकारी दिए ।

सीआईका अनुसार, २०६८ सालमा उनी शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीहरूलाई गैरकानुनी रूपमा यात्रा अनुमति दिएर आर्थिक लाभ लिएको खुलेको थियो ।

पक्राउ परेका भट्टराईलाई सोमबार नै अदालत उपस्थित गराउने तयारी भएको एसएसपी राणाको भनाइ छ ।

तपाईको प्रतिक्रिया