बिर्तामोड, ८ साउन २०८३ । झापाको विभिन्न पालिकाहरुमा धनीपुर्जा विरतणको कार्यलाई पुन तीव्रता दिइएको छ । यसअघिका विभिन्न भूमि आयोगले गरेका र प्रमाणिकरण गरेका तथा नयाँ प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बनेको भुमि आयोगले गरेका कामका आधारमा झापाका विभिन्न पालिकाहरुमा धनीपुर्जा वितरणको कार्यलाई तीव्रता दिएको हो ।
झापाको कनकाई नगरपालिका ३ नम्बर वार्डमा शुक्रवार ५ जना अव्यवस्थित बसोवासी तथा भूमिहिन दलितलाई धनीपुर्जा वितरण गरिएको छ ।
झापा क्षेत्र नम्बर ४ का संघिय सांसद सम्भुप्रसाद ढकाल, झापाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद गेलाल, कननकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले ४ जना अव्यवस्थित बसोबासी र १ जना भुमिहिन दलितलाई धनीपुर्जा प्रदान गर्नुभयो ।
यसैबिच झापाको अर्जुनधारा नगरपालिकामा समेत ११ नम्बर वार्डका २१ घरपरिवारलाई विहीवार जग्गा धनीपुर्जा प्रदान गरिएको छ । झापा क्षेत्र नम्बर २ की संघिय सांसद तथा पुर्व उपसभामुख इन्दिरा राना मगर, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेब गोम्देन, झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल लगायातले नगरपालिकामा बषौदेखि सुकुम्वासी तथा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका स्थानीयलाई जग्गाधनीपुर्जा प्रदान गर्नुभएको हो ।
यसैबिच अर्जुनधाराका अन्य वाकी वार्डहरुमा समेत यसप्रकारका धनीपुर्जा वितरणको कार्यलाई तीव्रता दिइने झापाका प्रमुख जिल्ला अधिकारी तथा भुमि आयोगका संयोजक समेत रहनुभएका शिवलाल गेलालले बताउनुभयो ।
यसैगरि झापाको बुद्धशान्ति गाउँपालिकामा समेत ५ घरपरिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका वडानम्बर १ का अध्यक्ष अनिल वाग्लेले बताउनुभयो ।
यता झापामा सरकारले तोकिएकै मितिभित्रमा सम्पुर्ण भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासिहरुलाई जग्गाधनीपुर्जा वितरण गरिसक्ने योजनाका साथ अगाडि बढिरहेको झापाका प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो । पुर्जा वितरणमा रहेका समस्याहरुलाई क्रमश वडादेखि नगर, जिल्ला हुँदै केन्द्रसम्मनै पुर्याउने र सरकारको तोकेको समयसि ६०० दिनभित्रै सबै झापावासीलाई धनीपुर्जा वितरण गरिछाड्ने योजनाका साथ आयोग अगाडि वढिरहेको प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।
यता कनकाई नगरपालिकामा ७ हजार २०७ जनाले भुमिहिन, अव्यवस्थित तथा भुमिहिन दलितको रुपमा आवेदन फार्म भरेकोमा हालसम्म २४५ परिवारले जग्गाधनीपुर्जा प्राप्त गरिसकेको र अन्यले यो पुर्जा प्राप्त गर्ने तयारीमा रहेको कनकाई नगरपालिका भुमि प्रसाशन कार्यालय प्रमुख रमिता कट्टेलले गोरखापत्रलाई बताउनुभयो ।गोरखापत्रअनलाइनबाट






