Online Bichar
मंगलबार, साउन ०५, २०८३ | Tuesday, July 21, 2026

काठमाडौं, ३ साउन २०८३ । प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले आइतबार गोली हानेर कुलेश्वरबाट दुईजनालाई नियन्त्रणमा लिएको हो ।

दुवैजनाको घुडामूनी गोली लागेको छ । पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि नै आक्रमण तथा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको ब्युरोका एसपी दुर्गा रेग्मीले जानकारी दिए ।

उनीहरूको साथबाट प्रहरीले लागुऔषध ट्रामाडोल बरामद गरेको छ । प्रहरीले पाँच राउन्ड हवाई फायर र दुई राउन्ड गोली हानेको हो ।

तपाईको प्रतिक्रिया