काठमाडौं, ३१ असार २०८३ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले यस्तो जानकारी दिएको हो ।
निगमका अनुसार हाल पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १९४.५० रुपैयाँ, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै डिजेलरमट्टितेल क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गमा १९२.५०, १९४ र १९५ रुपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको छ ।
निगमले विज्ञप्तिमा पेट्रोलियम पदार्थमा आएको उचार चढावका कारण इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन हुन नसकेको जनाएको छ ।






