Online Bichar
बुधबार, आषाढ ३१, २०८३ | Wednesday, July 15, 2026

झापा, ३० असार २०८३ । झापाको हल्दिबारीमा लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । गएराति ८ बजे हल्दिबारी गाउँपालिका-३ मेजरनी चोक निवासी २६ वर्षीय सनम गुरुङ पक्राउ परेका हुन् ।

गुरुङको साथबाट प्लास्टिकसहित १ ग्राम ७५ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । बेचबिखन गर्न प्लास्टिकमा सात वटा पोको पार्दै गरेको अवस्थामा फेला पारी उनलाई नियन्त्रणमा लिई प्रहरी चौकी जलथलले जिल्ला पठाएको छ ।

 

तपाईको प्रतिक्रिया