झापा, २६ असार २०८३ । गत वर्ष पन्ध्र हजारभन्दा बढी संक्रमित भएर करिव पाँच सय चौपाया मरेको झापामा यस वर्ष पनि लम्पी स्कीन देखापरेको छ ।
भद्रपुर , कन्काई , अर्जुनधारा , मेचीनगर , कचनकवल, दमकलगायतका पालिकाहरुमा फाट्टफुट्ट लम्पी स्कीन देखापरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरकी प्रमुख शितल भट्टराईले बताइन् । उनले चौपायाहरुमा लम्पी स्कीनको संक्रमण देखिएपनि मृत्यु भइनसकेको जानकारी दिइन् । गत वर्ष खोप कार्यक्रम संचालन गरिएका पालिकाहरुमा त्यति धेरै संक्रमण नदेखिएको उनको भनाई छ ।
विगत तीन वर्षदेखि झापामा लम्पी स्कीनले महामारीकै रुप लिँदै आएको छ ।






