झापा, २३ असार २०८३ । बाह्रदशी गाउँपालिकाको नयाँ भवनबाट लडेर घाइते भएका कामदारको मृत्यु भएको छ । आज बिहान ९ः४० बजे बाह्रदशी-५ स्थित गाउँपालिकाको ३ तले नयाँ भवनमा रंग लगाउने क्रममा मोरङ सुन्दरहरैँचा-४ बस्ने ४२ वर्षीय टंक थापा लडेर घाइते भएका थिए ।
भवनको ३ तला माथिबाट झरेर उनी ग्रिलमा अड्किएका थिए । घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा दिउँसो १ बजे उनको मृत्यु भएको बिर्तामोड प्रहरीले जनाएको छ ।






