Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

काठमाडौं, १८ असार २०८३ । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई रिहा गर्न अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट खारेज गरेको हो।

पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको रिट सर्वोच्चले खारेज गरेको हो।

सम्पत्ति शुद्धीकरण कसूरमा पक्राउ परेका पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित पौडेलले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेल सम्पत्ति शुद्धीकरण कसूरमा गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए।

तपाईको प्रतिक्रिया