काठमाडौं, १३ असार २०८३ । भक्तपुरमा हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–९, भातेढिकुर चोक बस्दै आएका उदयपुरको कटारी नगरपालिका–५ का २४ वर्षीय किरण चौधरी छन् ।
आफ्नी आमा ४० वर्षीया मेघिया चौधरीको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (असार १२) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
किरणले कुटपिट गर्दा मेघिया गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा ललितपुरस्थित पाटन अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।






