डण्डिराज घिमिरे “ बिबेक ”
तिमी आउने गोरेटोमा आँखा मेरा परीरहे
पख्दा पख्दा थाकिसकें आँसु मेरा झरीरहे ।
छैन चैन मन भरी भौतारिन्छु त्यसै त्यसै
सफलता र खुसी जति पर पर सरीरहे ।
स्मृतीमा हरपल आइदिन्छौ त्यसै त्यसै
चस्स चस्स चहराउँदै यी दिनहरु टरीरहे ।
कथा भयो बसन्त त्यो शिशिर नै साथी भयो
अस्थिर ती तिम्रा चाह वारी – पारी तरीरहे ।
छैन रस जीवनमा मरोभूमी तुल्य भा छु
खुसी सबै बिबेकका क्षितिज पारी रहीरहे ।
गौरादह, झापा