Online Bichar
सोमबार, आषाढ ०१, २०८३ | Monday, June 15, 2026

विराटनगर, १ असार २०८३ । कोसी प्रदेश सरकारले संघीय सरकारले दिँदै आएको आइतबारको बिदालाई पुनरवलोकन गर्ने घोषणा गरेको छ ।

सोमबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले यस्तो घोषणा गरेका हुन् । अहिले संघीय सरकारले शनिबार र आइतबार बिदा दिँदै आएको छ ।

सेवाको प्रभावकारिताका लागि यस्तो गर्न लागिएको उनले जनाए । उनले मन्त्रालयमा दरबन्दी पुनर्मिलान गर्ने समेत घोषणा गरे । संघीयता कार्यान्वयनका लागि मुख्यमन्त्री सम्मेलन गर्ने उनले जनाए ।

 

तपाईको प्रतिक्रिया