Online Bichar
सोमबार, आषाढ ०१, २०८३ | Monday, June 15, 2026

विराटनगर, १ असार २०८३ । कोसी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८३/८४ का निम्ति आज (असार १) ३९ अर्ब रुपैयाँबराबरको बजेट सार्वजनिक गर्दै छ । आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् ।

चालु आर्थिक वर्षमा ३६ अर्ब दुई करोडको तुलनामा आउँदो बजेट करिब चार अर्बले ठूलो हुनेछ । बजेटमा भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र सूचना प्रविधिलाई प्राथमिकता दिइएको छ ।

साथै, शिक्षा र स्वास्थ्य शुल्क तथा विद्युत् भ्याटबाट प्रभावित निम्न, मध्यमवर्ग र सुकुम्वासीका निम्ति राहत कार्यक्रम ल्याउने तयारी गरिएको छ ।

कोसी सरकारले चालु आवमा करिब ३२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । खर्चदर झन्डै ७० प्रतिशतमा सीमित हुने अनुमान छ । वैशाख मसान्तसम्म प्रदेशको सञ्चित कोषमा १२ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ मौज्दात छ ।

 

तपाईको प्रतिक्रिया