Online Bichar
बुधबार, आषाढ ०३, २०८३ | Wednesday, June 17, 2026

झापा, ३१ जेठ २०८३। झापामा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार आइतबार साँझ करिब ७ः४० बजे झापा गाउँपालिका–४ टाघनडुब्बा क्षेत्रमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई शंकाको आधारमा जाँच गरेको थियो।

जाँचका क्रममा कमल गाउँपालिका–३ निवासी ३१ वर्षीय धनुश सहनीले कालो प्लास्टिकमा पोका पारेर लुकाइछिपाइ ल्याइरहेको लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद पदार्थको तौल प्लास्टिकसहित ६ ग्राम ०४ मिलिग्राम र प्लास्टिकबाहेक ४ ग्राम २२ मिलिग्राम रहेको छ।

लागुऔषधसहित नियन्त्रणमा लिएका सहनीलाई प्रहरी चौकी टाघनडुब्बामा राखी आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया