Online Bichar
मंगलबार, आषाढ ०२, २०८३ | Tuesday, June 16, 2026

काठमाडौं, २ असार २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १३ वटा जिल्लाको जिल्ला अधिवेशन हुन बाँकी रहेको बताएको छ । ६४ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।

चार हजार ३६३ वडामा अधिवेशन भइसकेको छ । ६०९ पालिकामा अधिवेशन भएको रास्वपाले बताएको छ ।

जिल्ला अधिवेशन हुन बाँकी जिल्लाहरूमा कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशमा मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन सकेको छैन ।

अधिवेशन प्रक्रिया सुरु भई स्थगन भएका जिल्लाहरूमा सन्धुपाल्चोक, सिराहा, महोत्तरी, रौतहट छन् । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ ।

“मधेस प्रदेशको अधिवेशन स्थगन भएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालु छ,” रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले भने । ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ चितवनमा आयोजना हुँदै छ ।

तपाईको प्रतिक्रिया