Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

काठमाडौं, २७ जेठ २०८३ । ईश्वरी भुजेल हत्या प्रकरणमा पक्राउ परेका नेपाली ब्रो भनिने कुमार थापा मगरलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमित दिएको हो । योसँगै उनी अब कम्तीमा पनि ५ दिन हिरासतमा रहनेछन् ।

उनलाई अहिले प्रहरी बालाजुमा राखेर अनुसन्धान गरिएको छ । हत्या गरिएकी भुजेल नेपाली ब्रोको श्रीमती हुन् । उनी नेपाली सेनाको सुवेदार पदमा कार्यरत थिइन् । पारिवारिक कलह र विवादले उग्र रुप लिएपछि नेपाली ब्रोले श्रीमती भुजेललाई चक्कु र रड प्रहार गरेर हत्या गरेका थिए ।

 

तपाईको प्रतिक्रिया