काठमाडौं, २७ जेठ २०८३ । प्रतिनिधिसभामा विपक्षी दल श्रम संस्कृति पार्टीको अवरोध हटेको छ । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका तर्फबाट सदनमा बोल्न दिने प्रतिबद्धता जनाएसँगै संसद्को गतिरोध हटेको हो ।
अहिले श्रम संस्कृति पार्टीको तर्फबाट अध्यक्ष हर्क साम्पाङले सम्बोधन गरिरहेका छन् । विपक्षी दलको तर्फबाट आफूहरूले बोल्न पाउनुपर्ने माग राखेर श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका थिए ।
सभामुख डोलप्रसाद अर्यालले भने विपक्षी दलको तर्फबाट श्रम संस्कृति पार्टीले बोल्नका लागि समय माग नगरेको बोल्न समय नदिइएको बताए ।
तर विपक्षी दलको तर्फबाट आफूहरूले संसद्मा बोल्न पाउनुपर्ने माग राखेर श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका थिए ।






