Online Bichar
मंगलबार, जेठ २६, २०८३ | Tuesday, June 9, 2026

काठमाडौं, २५ जेठ २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सर्वदलीय बैठकले संवादको ढोका खुलेको बताएका छन् । रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा छलफल निरन्तर गरिरहनु पर्नेमा दलका नेताहरूले जोड दिएको उनको भानइ छ ।

कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपाल, नेकपा एमालेका प्रमुख सचेतक ऐन महरलगायत सांसद बैठकमा सहभागी थिए ।

उनले भने, “सदनमा जारी गतिरोध अन्त्यका लागि पार्टी सभापति रवि लामिछानेले अनुरोध गर्नु भएको थियो । सदन अवरुद्धको विषय निराकरण गरेर जानुपर्छ भनेर सभापतिज्यूबाट अनुरोध भयो ।”

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सरकारको प्रस्ट धारणा आउनुपर्छ भन्ने दलहरूको माग थियो ।

रास्वपा सभापति लामिछानेको भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल भएको बुर्लाकोटीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया