Online Bichar
बुधबार, जेठ २०, २०८३ | Wednesday, June 3, 2026

काठमाडौं, २० जेठ २०८३ । भारतको पाँचदिने भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्ता बुधबार दिउँसो नयाँ दिल्लीमा भएको हो ।

“राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भेटेर खुसी लाग्यो । साझा र समृद्ध भविष्यको लागि सँगै मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु,” भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

भारतीय प्रधानमन्त्रीले नेपालको नयाँ सरकारसँग भारत सहकार्य गर्न तयार रहेको बताएका छन् । “हाम्रो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिकतामा रहको साझेदार हो र हामी हाम्रा दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ,” भारतीय प्रधानमन्त्री मोदीले भनेका छन् ।

रास्वपा सभापति रवि सोमबार नयाँ दिल्ली प्रस्थान गरेका थिए । नयाँ दिल्लीमा उनले मंगलबार भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । मंगलबार उनी सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालय समेत पुगेका थिए ।

 

तपाईको प्रतिक्रिया