Online Bichar
मंगलबार, जेठ १९, २०८३ | Tuesday, June 2, 2026

काठमाडौं, १८ जेठ २०८३ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको दिल्ली पुगेका छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भ्रमणमा उनी दिल्ली पुगेका हुन् ।

लामिछानेलाई दिल्ली विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरे ।

लामिछानेको भ्रमण टोलीमा पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र स्वकीय सचिव अविनाश आचार्य (प्रदीप) छन् ।

भोलि बिहान ११ बजे लामिछानेले भाजपाको मुख्यालयमा भाजपाका अध्यक्ष नितिन नविनसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जेठ २० गते भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय विदेशमन्त्री एस। जयशंकर र सभापति लामिछानेबीच पनि भेटवार्ता हुने बताइएको छ ।

लामिछाने भारत भ्रमण पूरा गरी जेठ २२ गते स्वदेश फर्कनेछन् ।

तपाईको प्रतिक्रिया