काठमाडौं, १५ जेठ २०८३ । सरकारले वैदेशिक लगानी आकर्षण गर्न विशेष नीति अख्तियार गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस विषयको खुलासा गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्ने बताएका छन् ।
“थप मुलुकसँग विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्नेछौँ,” शुक्रबार संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले भने ।






