Online Bichar
बिहिबार, जेठ १४, २०८३ | Thursday, May 28, 2026

काठमाडौं, १४ जेठ २०८३ । सरकारद्वारा सञ्चालित ‘राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम’ मा चालु आर्थिक वर्षको फागुनसम्म सात लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन् ।

आर्थिक सर्वेक्षण अनुसार आव २०८१/८२ मा ७३६ स्थानीय तहका सात लाख ९७ हजार ७२५ बेरोजगार व्यक्ति सूचीकृत भएका उल्लेख छ । तीमध्ये ५५ हजार १५१ जनाले औसत ७१ दशमलव ७८ दिनको रोजगारी प्राप्त गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा औसत रोजगारी दिनमा वाग्मती प्रदेशभित्रका स्थानीय तहले सबैभन्दा बढी ८० दिन र मधेस प्रदेशका स्थानीय तहले सबैभन्दा कम ४९ दशमलव १४ दिन रोजगारी प्रदान गरेका छन् ।रासस

तपाईको प्रतिक्रिया