Online Bichar
बुधबार, जेठ १३, २०८३ | Wednesday, May 27, 2026

झापा, १३ जेठ २०८३ । झापाको कनकाई नगरपालिका–६ चम्पापुरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

मंगलबार(हिँजो) साँझ करिब ७ बजे मोहन चौहानको काठ र टिनको छानो भएको दुई तल्ले टाडे घरमा दियोबाट अचानक आगो सल्किँदा आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेका काठ, थाल–बटुको, लत्ता कपडा तथा अन्य घरायसी सामान जलेर पूर्ण रूपमा नष्ट भएका छन् । मानवीय तथा पशु चौपायामा भने कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागीका कारण करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । स्थानीय बासिन्दाहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

तपाईको प्रतिक्रिया