Online Bichar
बुधबार, जेठ १३, २०८३ | Wednesday, May 27, 2026

झापा, २०८३ जेठ १३ । झापाको गौरादहमा स्कुल बसले किच्दा एक बालकको मृत्यु भएको छ । गौरादह नगरपालिका–७ फगेटीमा भएको उक्त दुर्घटनामा ४ वर्षीय आरोग्य चिमरियाको घटनास्थलमै मृत्यु भएको हो ।

बुधबार(आज) साँझ ५ बजे सजग एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत, स्थानीय खड्ग चिमरियाका छोरा आरोग्य चिमरियालाई घर पुर्‍याएर ओराल्ने क्रममा बसले किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनापछि बस र चालक, गौरादह नगरपालिका–७ निवासी ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

साँझ ७ बजे आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया