काठमाडौं, ११ जेठ २०८३ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको महानिर्देशकमा डंगोललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।






