Online Bichar
सोमबार, जेठ ११, २०८३ | Monday, May 25, 2026

काठमाडौं, ११ जेठ २०८३ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड रकम किसानलाई भुक्तानी भइरहेको छ।

पछिल्लो चार महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसकेको छ। एक महिनाको रकम आउँदो १३ गतेभित्र भुक्तानी गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ।

डीडीसीको हाल दैनिक करिब १ करोड रुपैयाँको कारोबार भइरहेको छ। सो रकम दैनिक रूपमा किसानलाई भुक्तानी भइरहेको छ। बाँकी रहेको रकम करिब ४६ करोड रुपैयाँ २ महिनामा भुक्तानी हुने गरी कार्य भइरहेको छ।
दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा पुग्ने मन्त्री चौधरीले बताएकी छन्।

दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया