काठमाडौं, ५ जेठ २०८३ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित डा.मनोजकुमार शर्माको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । अनुमोदनपछि उनको आजै नियुक्ति, शपथ र पदबहाली हुने भएको छ ।
प्रधानन्यायाधीशमा शर्माको नियुक्ति र शपथका लागि राष्ट्रपति कार्यालयमा पठाइएको छ । राष्ट्रपति कार्यालयमा साँझ ६:१० बजेका लागि नियुक्ति र शपथको कार्यक्रम तय भएको छ ।
शर्माले आजै सर्वोच्चमा पदबहाली गर्ने कार्यक्रम रहेको जानकारी प्रवक्ता अर्जुन कोइरालाले बाह्रखरीलाई दिए । नियुक्ति र शपथपछि शर्माले ३३ औँ प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नेछन् ।
संवैधानिक परिषद्ले बहुमत निर्णयका आधारमा भावी प्रधानन्यायाधीशका लागि शर्माको नाम सिफारिस गरेको थियो ।






