काठमाडौं, ३० वैशाख २०८३ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परका छन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार सीईओ पाण्डेलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीको सहयोगमा पक्राउ गरिएको श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार उनलाई कमलामाई नगरपालिका-६ बसपार्कस्थित मदन भण्डारी राजमार्गबाट सवारी चेकजाँचका क्रममा मंगलबार (वैशाख) २९ गते पक्राउ गरिएको हो ।






