Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठ्माडौं, २० फागुन २०८२ । इजरायली सेनाले आफ्ना लडाकु विमानले तेहरानमाथि उडिरहेको एउटा इरानी विमानलाई खसालेको दाबी गरेको छ ।

इजरायली सेनाले बुधबार इरानका सैन्य अखडामा ठूलो हवाई आक्रमण सुरु गरेको घोषणा गरेको छ । इजरायली सेनाले ले आफ्नो टेलिग्राम च्यानलमार्फत यी आक्रमणले इरानका प्रक्षेपण स्थल, हवाई रक्षा प्रणाली र अन्य सैन्य पूर्वाधारलाई निसाना बनाइरहेको बताइएको छ ।

इरानी समाचार एजेन्सी ‘तस्निम’का अनुसार, राजधानी तेहरानमा धेरै शक्तिशाली विष्फोटका आवाजहरू सुनिएका छन् । इजरायली स्रोतले दाबी गरेअनुसार गत शनिबार युद्ध सुरु भएयताको यो दसौँ ठूलो आक्रमण हो ।

एफ–३५ द्वारा इरानी विमान खसालियो

इजरायली सेनाका अनुसार एउटा इजरायली एफ–३५ ‘अदिर’ लडाकु विमानले तेहरानको आकाशमा इरानको याक–१३० ट्रेनर एयरक्राफ्ट पनि खसालेको छ । कुनै पनि युद्धमा एफ–३५ विमानले मानव–सञ्चालित विमानलाई निशाना बनाएर खसालेको यो पहिलोपटक भएको दाबी गरिएको छ ।

इजरायली सेनाले इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको र देशको रक्षा प्रणाली सक्रिय पारिएको दाबी गरेको छ । बुधबार बिहान तेल अभिव र वरपरका क्षेत्रमा हवाई हमलाको साइरन बजेको थियो । तर, अहिलेसम्म कुनै हताहतीको खबर प्राप्त भएको छैन ।

यसअघि, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले एक विज्ञप्ति जारी गर्दै इजरायल र अमेरिकाका सैन्य अखडामा ४० भन्दा बढी रकेट प्रहार गरेको बताएको थियो ।

तपाईको प्रतिक्रिया