Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठमाडौं, २० फागुन २०८२ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानका नवनियुक्त सर्वोच्च नेता मुजतबा खामेनीलाई पनि निशाना साँध्ने चेतावनी दिएका छन् ।

इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणमा परी इरानका सर्वोच्च नेता अली खामेनी मारिएका थिए । उनी मारिएपछि इरानमा उनका छोरा मुजतबालाई नयाँ सर्वोच्च नेता चयन गरिएको हो ।

८८ जना धर्मगुरुहरू सम्मिलित ‘एक्सपर्ट्स एसेम्बली’ ले उनलाई इरानको सर्वोच्च नेता चयन गरेको हो ।

इजरायली रक्षामन्त्री काट्जले इरानमा जोसुकै नयाँ नेता बने पनि इजरायलले उसलाई मार्ने वा खत्तम पार्ने बताएका हुन् । उनले इजरायलको विरुद्धमा लाग्ने वा इजरायललाई सिध्याउने कुरा गर्नेहरू इजरायलको निशानामा हुने चेतावनी दिएका छन् ।

काट्जले नाम वा स्थानले फरक नपार्ने भन्दै इजरायलले उसलाई खोजेरै छाड्ने बताए ।

 

तपाईको प्रतिक्रिया