काठमाडौं, १८ फागुन २०८२ । साउदी अरबको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि प्रशोधन केन्द्र बन्द गरिएको छ ।
साउदीको रास तनुरा प्रशोधन केन्द्रनजिकै ड्रोन आक्रमण भएपछि साउदी अरामकोले त्यहाँको सञ्चालन बन्द गरेको हो ।
साउदी अरबकै ठूला प्रशोधन केन्द्रहरूमध्येको एक यस केन्द्रले दैनिक पाँच लाख ५० हजार ब्यारेल कच्चा तेल प्रशोधन गर्ने क्षमता राख्छ ।
पर्सियन खाडीमा अवस्थित यस प्लान्टलाई अरामकोले क्षतिको मूल्यांकन गरिरहेका बेला सावधानीका रूपमा सोमबार बिहानै बन्द गरिएको जनाएको छ ।
आक्रमणबारे साउदी अबर र अरामको दुवैले केही खुलाएका छैनन् । यद्यपि, सो क्षेत्रमा लागेको आगो नियन्त्रणमा आइसकेको बताइएको छ ।
मध्यपूर्वमा भएका यी आक्रमणपछि लन्डनमा कच्चा तेलको मूल्य ९.७ प्रतिशतले बढेर कारोबार भइरहेको छ ।






