Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठमाडौं, १६ फागुन २०८२ । साउदी अरबको राजधानी रियादमा पनि विस्फोट भएको छ । एएफपी समाचार एजेन्सीका अनुसार रियादमा ठूलो विस्फोटको आवाज सुनिएको छ । साउदी अरबलाई अमेरिकानिकट सैन्य साझेदार मानिन्छ । विस्फोटका घटनापछि साउदी अरबमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । क्षेत्रीय तनाव बढीरहेका बेला खाडी मुलुकले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् ।

अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरान पनि जवाफी प्रत्याक्रमणमा उत्रिएको छ । इरानले यूएई, बरहाइन, इजरायल, कुवेत र कतारलाई आक्रमणको निशाना बनाएको छ ।

 

तपाईको प्रतिक्रिया