Online Bichar
बुधबार, फाल्गुण १३, २०८२ | Wednesday, February 25, 2026

ब्रासिलिया, १२ फागुन २०८२ । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा भारी वर्षाका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । अन्य केही व्यक्ति बेपत्ता हुनुका साथै ४०० भन्दा बढी विस्थापित भएका मिनास गेराइस राज्यका अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

जुइज डे फोरा नगर प्रमुखको कार्यालयले हताहत हुनेको संख्या उल्लेख गरेको छैन । तर, सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार, बाढी, पहिरो र नदीको बहाव बढेपछि केही व्यक्ति हताहत भएको जनाएको छ ।

मिनास गेराइस अग्नी नियन्त्रण विभागलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार १४ जनाको मृत्यु भएको छ भने कम्तीमा ४५ जना बेपत्ता भएका छन् ।

जुइज डे फोराका मेयर मार्गरिडा सालोमाओले लगातारको तीव्र र वर्षालाई लिएर संकटकाल घोषणा गरेका छन् ।

आधिकारिक तथ्यांकका अनुसार यो महिना जुइज डे फोरामा सबैभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको छ ।रासस/एएफपी

 

तपाईको प्रतिक्रिया