एजेन्सी, १२ फागुन २०८२ । राँचीबाट दिल्लीका लागि उडेको एक एयर एम्बुलेन्स सोमबार राति झारखण्डको चतरा जिल्लामा दुर्घटनाग्रस्त भएको छ।उक्त दुर्घटनामा परि विमानमा सवार एक बिरामी, दुई पाइलट र मेडिकल टिमसहित सबै ७ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
‘रेडबर्ड एयरवेजु द्वारा सञ्चालित बीचक्राफ्ट C90 (Beechcraft C90) विमानले राँचीको बिरसा मुण्डा विमानस्थलबाट बेलुकी ७:११ बजे उडान भरेको थियो। उडान भरेको करिब २३ मिनेटपछि ७ स्३४ बजे कोलकाता एअर ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुटेको थियो।
अधिकारीका अनुसार खराब मौसमका कारण पाइलटले रुट परिवर्तन गर्ने अनुमति मागेका थिए, तर त्यसको केही समयमै विमान राडारबाट गायब भयो र चतराको सिमरियास्थित घना जंगलमा दुर्घटनाग्रस्त भयो। दुर्घटनामा ज्यान गुमाउनेहरूमा बिरामी ४१ वर्षीय सञ्जय कुमार रहेका छन्। उनलाई ६५ प्रतिशत जलेको अवस्थामा उपचारका लागि दिल्ली लगिदै थियो ।
त्यस्तै मृत्यु हुनेमा चिकित्सक टोली डा। विकास कुमार गुप्ता र प्यारामेडिक सचिन कुमार मिश्र रहेका छन् भने सहयोगीहरू अर्चना देवी र धुरु कुमार रहेका छन्। पाइलटहरू क्याप्टेन विवेक विकास भगत र क्याप्टेन सवरजदीप सिंहको मृत्यु भएको हो ।
यो दुर्घटनाले भारतको निजी उड्डयन क्षेत्र र विशेषगरी एयर एम्बुलेन्सको सुरक्षा मापदण्डमाथि पुनः प्रश्न उठाएको छ। गत जनवरीमा मात्रै महाराष्ट्रको बारामतीमा भएको विमान दुर्घटनामा उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको मृत्यु भएको थियो। सोही कम्पनी ९रेडबर्ड एयरवेज० को विमान फेरि दुर्घटना हुँदा नियमनकारी निकाय ुडीजीसीएु को निगरानीमाथि औंला उठेको छ।
राँची विमानस्थलका निर्देशक विनोद कुमारले प्रारम्भिक रूपमा खराब मौसम र मेघगर्जनलाई दुर्घटनाको कारण मानिए पनि वास्तविक तथ्य ुब्ल्याक बक्सु को अध्ययन र विस्तृत अनुसन्धानपछि मात्र खुल्ने बताएका छन्। एअरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्युरोको टोली अनुसन्धानका लागि घटनास्थल पुगिसकेको छ।






