Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठ्माडौं, ८ माघ २०८२ । जम्मू कश्मीरको डोडा जिल्लाको भदरवाहमा सेनाको गाडी दुर्घटनाग्रस्त हुँदा १० सैनिकको मृत्यु भएको छ। अन्य दश जना घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।

जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाको कार्यालयले एक्समा पोस्ट गर्दै घटनाप्रति समवेदना व्यक्त गरेको छ। उपराज्यपालले लेखे , ‘डोडामा भएको सडक दुर्घटनामा हाम्रो भारतीय सेनाका १० सैनिकको मृत्युबाट गहिरो दुःख लागेको छ। हामी हाम्रा बहादुर सैनिकहरूको सेवा र सर्वोच्च बलिदानलाई सधैं सम्झनेछौं। शोकसन्तप्त परिवारहरूप्रति मेरो गहिरो समवेदना।’

उपराज्यपालको कार्यालयले जारी गरेको पूर्व पोस्ट अनुसार दुर्घटनामा घाइते भएका १० सैनिकहरूलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ।

 

 

तपाईको प्रतिक्रिया