Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

वासिङ्टन डीसी, २४ पुस २०८२ । अमेरिकाको साल्ट लेक सिटी चर्च बाहिर भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ ।

यस घटनामा अन्य छ जना घाइते भएका प्रहरीले बताएको छ । शोक सभामा सहभागी हुन बुधबार राति भएको मानिसहरू चर्चमा भेला भइरहेको समयमा यो घटना घटेको हो । यो गोलीकाण्ड उताहस्थित मर्मन चर्चको नामले चर्चित ल्याटर–डे सेन्ट्स चर्चको प्राथर्ना गृह पछाडि रहेको पार्किङमा भएको हो ।

यस घटनाका कुनै संदिग्ध नसमातिएको अधिकारीहरूले बताएका छन् । सबै पीडित वयस्क थिए । घाइतेमध्ये कम्तीमा तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । बन्दुकधारीको कुनै विशेष धर्मप्रति कुनै शत्रुता रहेको प्रहरीले ठानेको छैन । गोली जथाभावी चलाइएको मानिएको छ । गोली चलेको आवाज सुनेपछि चर्च छेउमा रहेका आवासीय परिसरका बासिन्दाहरू पीडितहरूलाई सहयोग गर्न र पहिचान नखुलेका एक व्यक्तिको अन्त्येष्टिमा उपस्थित भएका दर्जनौँ मानिसहरूलाई सान्त्वना दिन भेला भएका थिए ।एजेन्सी

तपाईको प्रतिक्रिया