Online Bichar
शनिबार, भाद्र २०, २०८३ | Saturday, September 5, 2026

काठ्माडौं, ४ पुस २०८२ । साउदी अरेबियाले ‘हुरुब’ लागेका ३४ नेपालीलाई फिर्ता पठाउने भएको छ । उनीहरूलाई नेपाल फर्काउन साउदीले ‘एक्जिट भिसा’ जारी गरेको छ ।

साउदी अरबमा जुन कम्पनीमा काम गर्न कामदार गएका हुन्छन्, त्यसको स्वीकृतिबिना भाग्ने वा अन्यत्र काम गर्न जानुलाई अवैध मानिन्छ । यस्तो गर्नेलाई सम्बन्धित कम्पनीले सरोकारवाला निकायमा उजुरी दिएको हुन्छ, जसलाई हुरुब लागेको भनिन्छ ।

साउदीको रियादस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै एक्जिट भिसा आएका नेपाली कामदारलाई यथाशीघ्र स्वदेश फर्कन आग्रह गरेको छ । दूतावासले एक्जिट भिसाका निम्ति आवेदन दिएकालाई दूतावासको आधिकारिक वेबसाइटमा गई भिसाको अवस्था जाँच गर्न पनि भनेको छ ।

“यदि, मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने राजदूतावासमा सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ,” नेपाली दूतावासले भनेको छ, “एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आइसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ, एक्जिट पेपर लिनको लागि राजदूतावासमा आइरहनु पर्दैन ।”

एक्जिट भिसा प्रक्रिया निःशुल्क हुन्छ । भिसा आइसकेपछि नेपाल फर्कने हवाई टिकट व्यक्ति आफैँले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया